पुलिस स्कुलका विद्यार्थीद्वारा क्यान्सर पीडित वालकलाई १० हजार सहयोग

काठमाडौँ, ३१ असार । नेपाल पुलिस स्कुल सामाखुसीबाट २०७५ सालको माध्यमिक शिक्षा परिक्षा (एसईई) उतिर्ण गरेका विद्यार्थीहरुले परीक्षा उतिर्ण भएको खुसीयालीमा साथीभाई र आफन्तलाई मिठाई बाँडनुको साटो उदयपुरका ३ वर्षे क्यान्सर पीडित वालक मिलन बस्नेतलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरी उदाहरणीय काम गरेका छन् ।

सो विद्यालयका उपप्राचार्य ओम भुषालको साथै मेधावी छात्र अविरल पुन मगरको नेतृत्वमा रहेका विद्यार्थीहरुले आँखाको क्यान्सर उपचार गराईराखेका वालकलाई आर्थिक सहयोग गरेका हुन । एबिसी टेलिभिजनको सांगितिक कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलको आग्रहमा ती विद्यार्थीले १० हजार रुपैयाँ कार्यक्रम सञ्चालक कँडेललाई नै हस्तान्तरण गरेको छात्र अविरल पुन मगरले बताए ।

नेपाल पुलिस स्कुल सामाखुसीबाट एसईई उतिर्ण गरेका विद्यार्थीको वधाई तथा विदाई सम्मान कार्यक्रममा प्रमुख अतिथि रहेका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजि) शैलेश थापा क्षेत्रीले ति विद्यार्थीहरुको उदारहणीय कार्यको खुलेर प्रशंसा गरे । ‘यो नै विद्यार्थीहरुको असल संस्कार हो, मार्कसीटमा आउने अंक केही होइन’—उनले ती विद्यार्थीको प्रशंसा गर्दै भने ।

आर्थिक सहयोग गर्नेहरुमा उपप्राचार्य ओम भुषालको साथै विद्यार्थीहरु अविरल पुन मगर, बन्दना पन्त, प्रमोद तामाङ्ग, पुर्णिमा थापा, निरज तामाङ्ग, विवेक थापा, एलन थापामगर, मौसम थापामगर, किशोर क्षेत्री, सुरज भण्डारी, प्रतिक गुरुङ्ग, विश्व पुन, उद्धव आचार्य, गरिमा श्रेष्ठ, निशा कार्की, राजश्री तिमल्सिना, प्रशन्न रेग्मी, लक्ष्मी मगर, सुरक्षा अर्याल, निहाङ्ग राई, भुपेन्द्र ठगुन्नाल गायतका विद्यार्थी छन् ।

साथीभाईसंग संकलन गरेको रकमबाट १० हजार क्यान्सर पीडित वालकलाई दिएको र बाँकी १० हजार रुपैयाँबाट फेरी अर्काे सामाजिक काम गर्ने विद्यार्थी अविरलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर