बाढीले अवरुद्ध विद्युत साउनदेखि सञ्चालन हुन्छ : मन्त्री पुन

काठमाडौँ, ३१ असार । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले बाढी, पहिरो र डुवानका कारण अवरुद्ध देशभरका विद्युत सेवा साउन १ देखि सञ्चालन हुने बताएका छन  ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा बुधबारसम्म सबै ठाउँमा सञ्चालन गर्ने गरी काम गरिएको बताए ।

कुलेखानी जलविद्युत आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको बताउदै बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुन पुगेको र सबै समस्या बुधबारसम्ममा समाधान हुने गरी काम भइरहेको बताए ।

नदी नियन्त्रण आपत्तकालीन कार्यका लागि नदी नियन्त्रणका क्षेत्रका काम गर्ने १५ वटा आयोजनाहरुलाई तयारी अवस्था राखिएको मन्त्री पुनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका