प्रधानसेनापति थापा स्वदेश फिर्ता

काठमाडौँ, ३१ असार । प्रधानसेनापति पूर्णचन्द्र थापा औपचारिक कार्यक्रम सम्पन्‍न गरी स्वदेश फिर्ता भएका छन ।

आज स्वदेश फर्केका प्रधानसेनापति थापालाई बलाधिकृत शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

प्रधानसेनापति संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा British Armed Forces ले आयोजना गरेको First Women, Peace and Security (WPS) CHODS Network Meeting तथा संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गरेको तेस्रो Chiefs of Defence Conference मा सहभागी भइ स्वदेश फिर्ता भएका हुन ।

उक्त कार्यक्रममा सहभागी हुन प्रधानसेनापति थापा असार २३ गते मित्रराष्ट्र संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ । बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले