ट्रिटनमा विद्यार्थीको सांस्कृतिक भेषभुषा प्रतिष्पर्धा

काठमाडौँ, ३१ असार । ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर, तिनकुनेका युकेजीदेखि ४ कक्षासम्मका सबै विद्यार्थीविच नेपाली परम्परागत र सांस्कृतिक भेषभुषा झल्किने पोशाक प्रदर्शनी तथा प्रतिष्पर्धा आयोजना गरिएको छ ।

नेपालको कला संस्कृति र परम्परा अनुसार विभिन्न जाति, धर्म र समुदायले लगाउने परम्परागत पोशाक लगाएर साना विद्यार्थी र्याम्पमा उत्रिएका थिए ।

विद्यार्थीहरुलाई आआफ्नो जाति, धर्म र परम्पराअनुसारका पोशाकहरु, त्यससंग समवन्धित गहनाहरुका बारेमा सिकाउन पोशाक प्रदर्शनी तथा प्रतिष्पर्धाको आयोजना गरिएको विद्यालयका निर्देशक राजन सुवेदीले बताए ।

पुरस्कार दिनेगरि विजेताको रुपमा विद्यार्थीवीच प्रतिष्पर्धा नगरिएता पनि सरसफाई, पोशाक लगाउने तरीका लगायत सबै पक्षको मुल्यांकन भने गरिएको थियो । यसैवीच भानुजयन्तीको अवसरमा विद्यालयमा आयोजित कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई