ट्रिटनमा विद्यार्थीको सांस्कृतिक भेषभुषा प्रतिष्पर्धा

काठमाडौँ, ३१ असार । ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर, तिनकुनेका युकेजीदेखि ४ कक्षासम्मका सबै विद्यार्थीविच नेपाली परम्परागत र सांस्कृतिक भेषभुषा झल्किने पोशाक प्रदर्शनी तथा प्रतिष्पर्धा आयोजना गरिएको छ ।

नेपालको कला संस्कृति र परम्परा अनुसार विभिन्न जाति, धर्म र समुदायले लगाउने परम्परागत पोशाक लगाएर साना विद्यार्थी र्याम्पमा उत्रिएका थिए ।

विद्यार्थीहरुलाई आआफ्नो जाति, धर्म र परम्पराअनुसारका पोशाकहरु, त्यससंग समवन्धित गहनाहरुका बारेमा सिकाउन पोशाक प्रदर्शनी तथा प्रतिष्पर्धाको आयोजना गरिएको विद्यालयका निर्देशक राजन सुवेदीले बताए ।

पुरस्कार दिनेगरि विजेताको रुपमा विद्यार्थीवीच प्रतिष्पर्धा नगरिएता पनि सरसफाई, पोशाक लगाउने तरीका लगायत सबै पक्षको मुल्यांकन भने गरिएको थियो । यसैवीच भानुजयन्तीको अवसरमा विद्यालयमा आयोजित कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर