काठमाडौँ, ३१ असार । आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६४ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





