इंग्ल्यान्डले जित्याे पहिलो विश्वकप

एजेन्सी, ३० असार । इंग्ल्यान्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि हात पारेको छ ।

हिजो राति सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड सुपर ओभरमा उपाधि हात पार्न सफल भएको हो ।

सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो ।

न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनाएको थियो । २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम बलमा २ रन चाहिएको बेला १ रन मात्रै लिँएर आउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको