काडमाडौँ, २९ असार । चार दिनसम्म सञ्चालमा रहेको 13th ECAN Educational Fair – 2019 मा अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सीमा विद्यार्थीको मोह अत्याधिक रहेको पाइएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा आजसम्म सञ्चालनमा भएको उक्त Fair मा अत्याधिक रोजाईमा उक्त कन्सल्टेन्सी पर्न सफल भएको हो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उद्घाटन गर्नुभएको उक्त मेलामा हजारौं युवा युवतीले अवलोकन तथा विद्यार्थी भिसामा विदेश जानको आवश्यक प्रकृयाको वारेमा ज्ञान बटुलेका छन् ।

सन् २०१५ मा स्थापना भएको अष्ट्रलियन एजुकेशन कन्सल्टेन्सी नेपालमा र अष्ट्रेलियामा AEC Migration & Education शाखाको रुपमा सञ्चालन भई विद्यार्थीको सेवामा निरन्तरता दिइरहेको छ । काठमाडौँको बागबजारमा केन्द्रीय कार्यालय रहेको उक्त कन्सल्टेन्सीको नेपालमा ९ वटा शाखाहरु समेत सञ्चालन गरिरहेको छ । जसमा भक्तपुर, इटहरी, दमक, विराटचोक, इलाम, पोखरा, चितवन, विर्तामोड र बुटवलमा शाखा सञ्चालन गरी निरन्तर विद्यार्थीको सेवामा समर्पित भइरहेको संस्थाका कार्यकारी निर्देशक होम दवाडीले बताउनुभयो ।

उक्त Fair मा आउने युवा युवतीले अष्ट्रेलियन कन्सल्टेन्सीले करिव दैनिक रुपमा १०० जनाले भिजिट गरेको बताइएको छ । उक्त Fair मा आई सेवा लिन चाहने विद्यार्थीलाई उक्त कन्सल्टेन्सीले IELTS मा ५० प्रतिशत छुट दिने सिइओ दवाडीले जानकारी दिनुभयो । Fair मा करिव ४०० जना भन्दा बढी इच्छुक विद्यार्थीले अध्ययनको लागि आवेदन दिएको समेत उहाँले जानकारी दिनुभयो । उक्त कन्सल्टेन्सीले IELTS, PTE, TOEFL, SAT लगायतका कक्षाहरु सञ्चालन गरिरहेको छ ।

उक्त कन्सल्टेन्सीले विद्यार्थीको सेवा सुविधाको लागि नेपालमा Test Preparation Classes, University Selection, Course Counseling, Visa Assistance, Air Ticket, Loan Service लगायतका सेवा तथा अष्ट्रेलियामा Air Pickup, Post arrival assistance, Accommodation Assisting, Job Hunting Service, All Visa Assistance, Guidance to Permanent Resident, Tax Service – Home Loan Service लगायतका धेरै सेवा सुविधाहरु दिने सिइओ दवाडीले बताउनुभयो ।

उक्त कन्सल्टेन्सीले ५० वटा भन्दा बढी कलेजहरुमा भिसा विद्यार्थीहरुलाई अध्ययनको लागि पठाउन सकिने भक्तपुर शाखाका सञ्चालक गीता बस्नेतले बताउनुभयो । उहाँका अनुसार उक्त कन्सल्टेन्सीले विद्यार्थी भिसाको साथमा Visit Visa, Business Visa, Family Visa, Visa Extension लगायतका कार्यहरु अष्ट्रेलियामा मात्र नभई युरोपका विभिन्न मुलुकहरु, न्युजरल्याण्ड, अमेरिकालगायका मुलुकहरुमा समेत सहज रुपमा सेवा प्रदान गर्ने बताउनुभयो । उहाँका अनुसार उक्त कन्सल्टेन्सीबाट गएका सवै विद्यार्थीलाई पारिवारीक वातावरण सिजर्ना गर्ने र विद्यार्थीमा कुनै पनि प्रकारको वितृष्णा पैदा हुन नदिने कार्य समेत गर्ने बताउनुभयो ।

भक्तपुरको सूर्यविनायक चोकमा खोलीएको उक्त कन्सल्टेन्सीको शाखाले भक्तपुरमा छुट्टै पहिचान स्थापीत गरी अगाडी बढीरहेको सञ्चालक बस्नेतले बताउनुभयो । छोटो समयमा नै विदेशमा अध्ययनको लागि जाने युवा पुस्ताको मन जित्न सफल भएको बताउँदै उहाँले विद्यार्थीको चाहना, आकाक्षां र भरोषालाई टुट्न नदिई निरन्तर सेवामा समर्पित हुने समेत बताउनुभयो ।







