काठमाडौँ, २९ असार । आइतबार शेयर बजारमा परिसूचक नेप्से स्थिर रहेको छ ।
दिनभर २८ करोड ५२ लाख रुपैयाँको कारोबार भएपनि उतारचढाव भने देखिएन् । जसका कारण नेप्से एक अंक भन्दा कमले बढेको छ । जसलाई स्थिर मान्छि । नगरिक लगानी कोष, मोगा बैंकको संस्थापक शेयर तथा नेपाल बैंकको साधारण शेयरको कारोबार २ करोड भन्द बढी भएको छ ।
पछिल्ले समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुलाई मर्जरमा लैजाने भएपछि शेयर बजारमा सस्तो मूल्य भएका बैंकको शेयरको माग बढेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय क्षेत्रलाई कसरी व्यवस्थापन गर्छ भनेर पर्खिरहेका छन् ।





