टी-२० सिरिजमा नेपालद्वारा ऐतिहासिक ‘क्लिन स्विप’ !

काठमाडौँ, २९ असार । नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी-ट्वान्टी सिरिजमा ऐतिहासिक क्लिनस्वीप गरेको छ ।

आज क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियलाई ६ रनले हराएर दुवै खेल जितेको हो । यसअघि नेपालले शनिबार भएको पहिलो टी-२० खेलमा मलेसियलाई ७ विकेटले हराएको थियो ।

 नेपालका लागि विनोद भण्डारीले ५१ रन, शरद भेषावकरले ४० रन, कप्तान पारस खड्काले २३ रन, पवन सर्राफ भने १० रन, ज्ञानेन्द्र मल्लले ७ रन, रोहित कुमार पौडेलले १९ रन, करण केसीले १६ रन जोड्न सफल भएका थिए ।

बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए । त्यस्तै सयेद अजिज र शर्भिन मुनियान्दीले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको