टी-२० सिरिजमा नेपालद्वारा ऐतिहासिक ‘क्लिन स्विप’ !

काठमाडौँ, २९ असार । नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी-ट्वान्टी सिरिजमा ऐतिहासिक क्लिनस्वीप गरेको छ ।

आज क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियलाई ६ रनले हराएर दुवै खेल जितेको हो । यसअघि नेपालले शनिबार भएको पहिलो टी-२० खेलमा मलेसियलाई ७ विकेटले हराएको थियो ।

 नेपालका लागि विनोद भण्डारीले ५१ रन, शरद भेषावकरले ४० रन, कप्तान पारस खड्काले २३ रन, पवन सर्राफ भने १० रन, ज्ञानेन्द्र मल्लले ७ रन, रोहित कुमार पौडेलले १९ रन, करण केसीले १६ रन जोड्न सफल भएका थिए ।

बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए । त्यस्तै सयेद अजिज र शर्भिन मुनियान्दीले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने