एनआईसी एशियाले ४ अर्ब ४० कारोडको ऋणपत्र निष्काशन गर्ने

काठमाडौँ, २९ असार । एनआईसी एशिया बैंकले ४ अर्ब ४० करोड रूपैयाँ बराबरको बैंकले एक हजार रूपैयाँ अंकित दरका ऋणपत्र निष्काशन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि रिणपत्र निश्काशन गर्ने प्रकृया अगाढि बढाउने भएको हो । बैंकले एक हजार रूपैयाँ अंकित ऋणपत्र जारी गर्ने अनुमति पाएको हो ।

कुल निष्काशनमध्ये ६० प्रतिशतले हुन आउने २ अर्ब ६४ करोड रूपैयाँ बराबरको ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बाँकी ४० प्रतिशत, १ अर्ब ७६ करोड रूपैयाँ बराबरको सर्बसाधारणका लागि बिक्री खुल्ला गरिने छ ।

सात वर्षको अबधिमा परिपक्व हुने ‘एनआईसी एशिया ऋणपत्र २०८३ ८४’ ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ । ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकले ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार

काठमाडौँ, २० कार्तिक । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा

काठमाडौँ, २० कार्तिक । सुक्खा मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक

काठमाडौँ, २० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ