भारतमा बर्षाका कारण १५ जनाको मृत्यु

एजेंसी, २८ असार । भारतमा वर्षाका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

गत तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । वर्षाका कारण पछिल्लो विवरण अनुसार १५ जनाको मृत्यु भएका छन् भने २३ जनावर पनि मरेका छन् । वर्षाका कारण १३३ ओटा घर भत्किएका छन् ।

प्राकृतिक प्रकोपबाट प्रभावित हुने जिल्लाहरुमा उन्नाओ, अम्बेडकर नगर, प्रयागराज, बाराबाँकी, हार्डोइ, खिरी, गोरखपुर, कानपुर नगर, पिलिभित, सोनाभाद्र, चन्डोली, फिरोजवाद, माउ र सुल्तानपुर रहेका छन् ।

भारतको मौसम विभागका अनुसार उत्तराखण्ड, पूर्वी उत्तर प्रदेश, झारखण्ड, मध्य महाराष्ट्र, कोन्कान र गोआ, कोस्टल कर्नाटक, अरुणाञ्चल प्रदेश र नागाल्याण्ड, मणीपुर, मिजोराम र त्रिपुरालगायतका क्षेत्र पनि वर्षा र बाढी पहिरोले बढी प्रभावित भएका छन् ।

अझै केही दिन बर्षा र बाढी पहिरोको प्रभाव पर्ने विभागले अनुमान गरेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका