मलेसियाविरुद्ध नेपालको शानदार जीत : पारसको अर्धशतक

काठमाडौँ, २८ असार । टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको पहिलो खेलमा नेपाल शानदार जीत हासिल गरेको छ ।

शनिबार बिहान मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतक बनाए ।

१२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेटायो । ५० बल सामना गरेका उनले ८ चौका र ५ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए । त्यस्तै शरद भेषाकरले १६, ज्ञानेन्द्र मल्लले ७, प्रदीप ऐरीले ८ र रोहित कुमार पौड्यालले ५ रन बनाए । बलिङतर्फ मलेसियाका अनुवर रहमानले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने गरेको मलेसियाले ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । मलेसियाका लागि भिरन्दीपले ५७ रन बनाए । ४९ बल सामना गरेका उनले ७ चौका र १ छक्का प्राहार गरेका थिए । यसैगरी कप्तान फाइजले ४५ रन योगदान गरे ।

बलिङतर्फ नेपालका करन केसीले तीन विकेट लिए । बसन्त रेग्मी र सन्दीप लामिछानेले दुई(दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ