मलेसियाविरुद्ध नेपालको शानदार जीत : पारसको अर्धशतक

काठमाडौँ, २८ असार । टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको पहिलो खेलमा नेपाल शानदार जीत हासिल गरेको छ ।

शनिबार बिहान मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतक बनाए ।

१२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेटायो । ५० बल सामना गरेका उनले ८ चौका र ५ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए । त्यस्तै शरद भेषाकरले १६, ज्ञानेन्द्र मल्लले ७, प्रदीप ऐरीले ८ र रोहित कुमार पौड्यालले ५ रन बनाए । बलिङतर्फ मलेसियाका अनुवर रहमानले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने गरेको मलेसियाले ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । मलेसियाका लागि भिरन्दीपले ५७ रन बनाए । ४९ बल सामना गरेका उनले ७ चौका र १ छक्का प्राहार गरेका थिए । यसैगरी कप्तान फाइजले ४५ रन योगदान गरे ।

बलिङतर्फ नेपालका करन केसीले तीन विकेट लिए । बसन्त रेग्मी र सन्दीप लामिछानेले दुई(दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको