एजेन्सी, २७ असार । भारतमा मोबाइल र इन्टरनेटको लतबाट छुटाउने केन्द्र खुलेको छ ।
पञ्जावको अमृतसरमा मनोविद डाक्टर जे पालले मोबाइल र इन्टरनेटको मानिसको लत बन्दै गएको र यसले बालबालिकाको व्यवहार विनाशकारी बन्न थालेको बताउदै उक्त केन्द्रको स्थापना गरेको बताईएको छ ।
केन्द्रमा नियमित रुपमा जाने बालबालिकाको ब्यवहारमा परिवर्तन भइरहेको पनि भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ ।





