नेता थापाले बनाएका बिपी प्रतिष्ठानका उपकुलपति डा. रौनियार घुससहित रंगेहात पक्राउ

काठमाडौँ, २६ असार । प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वस्वास्थ्य मन्त्री गगन कुमार थापाले नियुक्ति गर्नुभएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा राजकुमार रौनियार घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई विहिवार साँझ उनकै सरकारी निवासबाट पक्राउ गरेको हो । आयोगको टोलीले डा रौनियार र अर्का डाक्टर रामहरी रौनियार घुस रकम सहित पक्राउ परेका हुन् । अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाका अनुसार उनीहरु ८ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा धरानबाट पक्राउ परेका हुन् ।

‘घुस रकम लिइरहेको अवस्थामा प्रतिष्ठान परिसरमा रहेको उपकुलपति निवास धरानबाट रंगेहात उनीहरुलाई नियन्त्रणमा लिइएको हो,’ प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । उनीहरुका विषयमा थप अनुसनधान भइरहेको जनाइएको छ ।

उपकुलपति डा रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत घुस माग गरिएको उजुरीका आधारमा अख्तियारको टोली धरान पुगेको थियो ।

डा. रौनियारलाई नियुक्ति गर्ने क्रममा जम्मा १४ करोड रकम लिएकोमा नेता गगनकुमार थापाले ६ करोड, ४ करोड कांग्रेसका सभापती शेरबहादुर देउवा तथा ४ करोड नेता कृष्णप्रसाद सिटौलाले लिएको समेत स्वास्थ्य क्षेत्रमा चर्चा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८

काठमाडौँ, ७ कार्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । पनौती नगरपालिका–९

काठमाडौँ, ७ कार्तिक । जिउदै मान्छेलाई इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अफताब आलम पक्राउ परेपनि अन्य

काठमाडौँ, ७ कार्तिक । तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन । नेपाल ट्रष्ट ऐनले तत्कालीन