प्रधानमन्त्री ओलीद्वारा मन्त्रालयगत जानकारी माग

काठमाडौँ, २६ असार । सरकारको कार्यशैलीमा आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत जानकारी लिनुभएको छ ।

सिंहदरबारमा बोलाइएको मन्त्रीहरुसहितको बैठकमा मन्त्रालयगत जानकारी लिनुभएको हो । बैठकमा आर्थिक वर्ष २०७५–७६ मा मन्त्रालयले गरेका काम लगायतका विषयमा पनि छलफल भएको छ । बैठकले आगामी वर्षका लागि रणनीति समेत तय गर्ने भएको छ ।

शान्ति सुरक्षा कायम गर्न नसकेको, विधेयकहरु विवादास्पद बनाएको, मन्त्रालयका विभिन्न निर्णयहरु फिर्ता हुने गरेको भन्दै सरकारको आलोचना बढ्दै गएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको काम हेरेर मन्त्रिमण्डल पुनर्गठनको तयारी समेत गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बैतडी, ७ कार्तिक । महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

पाल्पा, ७ कार्तिक । दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६

काठमाडौँ, ७ कार्तिक । बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर

काठमाडौँ, ७ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेथितीको चाङले भरिएको छ । मन्त्रालयका उपसचिव भबनाथ खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटरको