शेयर बजारमा उतारचढाव

काठमाडौँ, २६ असार । बिहीबार शेयर बजारमा परिसूचक नेप्से सामान्य रहेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर बजार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन्दुले घटेर एक हजार २४८ दशमलव ५३ मा पुगेको छ।

यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य एक अङ्कले घटेर २६८ दशमलव ३२ मा पुगेको छ ।यसैगरी, कूल १७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता शेयर ४६ करोड ३६ हजार ५७१ रुपैयाँमा कारोवार भएको छ।

१ सय ७२ कम्पनीको ४६ करोड रुपैयाँ बराबरको शेयर करोबार भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुलाई मर्जरमा लैजाने भएपछि शेयर बजारमा सस्तो मूल्य भएका बैंकको शेयरको माग बढेको छ ।

बिहीबार कारोबार रकम बुधबार भन्दा ११ करोडले घटेको छ । बजारमा सिभिल बैंक, सेन्चुरी बैंक, नेपाल बैंक लगायतका बैंकहरुको कारोबार बढेको छ । केही बैंकको शेयर बढेपनि लगानीकर्ताले कर र ब्याज भुक्तानी गर्ने समय भएकाले खरिद र विक्रीचाप न्यून भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको