काठमाडौँमा नेविसंघको राँके जुलुस : १४ जना पक्राउ

काठमाडौँ, २६ असार । भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नेविसंघका १४ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

नेविसंघले बिहीबार साँझ बालाजु-बाइपाहुँदै बालाजु चोकसम्म जुलुस निकालेको थियो । जुलुसपछि बालाजु चोकमा कोणसभा गर्ने क्रममा महानगरीय प्रहरी बृत्त बालाजुले १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पूर्वकेन्द्रीय सदस्य सुशील भट्टसहित निरन्जन थापा, पवन थापा, सुबास घिमिरे, सुदीप अधिकारी, बिजय ढुङ्गना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदीप जङ साह, अमृत लामिछाने, उत्सब अवस्थी र अनिल महर्जन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बैतडी, ७ कार्तिक । महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

पाल्पा, ७ कार्तिक । दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६

काठमाडौँ, ७ कार्तिक । बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर

काठमाडौँ, ७ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेथितीको चाङले भरिएको छ । मन्त्रालयका उपसचिव भबनाथ खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटरको