नेप्से १ अंकले घट्यो

काठमाडौँ, २५ असार । नेप्से सूचक १.१२ अंकले घटेर १२४९.१५ विन्दुमा आइपुगेको छ ।

१६८ कम्पनीको ५७ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २९ लाख ९८ हजार ९४७ कित्ता सेयर खरिदबिक्री भएका छन् । ११ वटा समूहको सेयर कारोबार भएकामा ३ समूहका सूचक बढेका छन् भने बाँकी समूह राता भएका छन् । वाणिज्य बैंक समूहको सूचक १.७८ अंकले बढेको छ ।

कारोबार रकममा सिभिल बैंक संस्थापक सेयरले अग्रता लिएको छ । यसको १७ करोड ५३ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो नागरिक लगानी कोष र तेस्रो स्थानमा नेपाल बैंक परेका छन् ।

सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९.८१ प्रतिशतले दरले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । आज हुने जापानका सम्राट नरुहितोको राज्याभिषेक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने भएको छ । राज्याभिषेक

काठमाडौँ, ५ कार्तिक । नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन् । सोमवार काठमाडौँमा सम्पन्न संयन्त्रको पहिलो

काठमाडौँ, ५ कार्तिक । जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताएकी छिन्

काठमाडौँ, ५ कार्तिक । तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम राणाले रौतहट बम विस्फोट घटना