६ बालबालिका मार्ने ड्राइभरलाई मृत्युदण्ड

एजेन्सी, २५ असार । चीनमा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा एक ड्राइभरलाई मृत्युदण्ड दिने फैसला गरेको छ ।

लाओनिङ प्रान्तको एक अदालतले हान जिहुवा नाम गरेका अभियुक्तलाई सडक पार गर्ने क्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको भन्दै मृत्युदण्ड दिने फैसला गरेको हो ।

गत वर्ष नोभेम्बर २२ मा ती अभियुक्तले सेडान कार ६० जना केटाकेटीको भिडमा दौडाएका थिए । उक्त घटनामा दुई शिक्षकसहित २० जना घाइते भएका थिए । घटनापछि फरार भएका गाडी चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।

अदालतले आदेशमा हान जिहुवाले जानाजान बालबालिकामाथि गाडी दौडाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ माघ । सौरभ चौधरीले निर्देशन गरेको फिल्म ‘लभ डायरीज’को ट्रेलर रिलीज भएको छ । फागुणको २ गतेबाट रिलिज

काठमाडौँ, ७ माघ । नायिका कंगना रनावतले नायिका दीपिका पादुकोणलाई माफी माग्न आग्रह गरेकी छिन् । ‘छपाक’को प्रमोशनका क्रममा दीपिकाले

काठमाडौँ, ७ माघ । हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘हिमालय रोडिज सिजन ३’को कलिङ राउण्ड सकिएको छ । यो राउण्डबाट प्रेत्येक

काठमाडौँ, ७ माघ । नायक अक्षय कुमारको एक बर्षमा ४ वटा चलचित्र रिलिज भैरहेका छन् । उनले अभिनय गरेको फिल्म ‘गुड