युरो किड्सका विद्यार्थीलाई ‘रेनी डे’

भक्तपुर, २५ असार । भक्तपुर युरो किड्स सल्लाघारीका साना विद्यार्थीलाई सहभागी गराई वर्षा दिवस अर्थात ‘रेनी डे’ मनाइएको छ । वर्षातको पानी परिनसकेकोे बेलामा मनाइएको ‘रेनी डे’ मा विद्यालयको धाराबाट पाइप जोडी पानी छर्किँदै ‘रेनी डे’ मनाइएको थियोे ।

‘रेनी डे’ मनाउनु अघि सबै विद्यार्थीलाई रेनकोट, छाता र पानी पर्दा लगाउने बुटको व्यवस्था गरिएको थियो । विद्यार्थीलाई वर्षातको पानीको महत्व, वर्षातको पानीमा भिज्दा लाग्नसक्ने चिसो, निमोनिया, रुघाखोकी लगायतका रोगबारे बच्नुपर्ने कुरा पनि विद्यार्थीलाई सिकाइएको थियो ।

‘रेनी डे’ मनाउन पाउँदा विद्यार्थीहरु निकै खुसी भएको विद्यालयका सञ्चालक अध्यक्ष सुनेत्र प्रधानांगले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर