युरो किड्सका विद्यार्थीलाई ‘रेनी डे’

भक्तपुर, २५ असार । भक्तपुर युरो किड्स सल्लाघारीका साना विद्यार्थीलाई सहभागी गराई वर्षा दिवस अर्थात ‘रेनी डे’ मनाइएको छ । वर्षातको पानी परिनसकेकोे बेलामा मनाइएको ‘रेनी डे’ मा विद्यालयको धाराबाट पाइप जोडी पानी छर्किँदै ‘रेनी डे’ मनाइएको थियोे ।

‘रेनी डे’ मनाउनु अघि सबै विद्यार्थीलाई रेनकोट, छाता र पानी पर्दा लगाउने बुटको व्यवस्था गरिएको थियो । विद्यार्थीलाई वर्षातको पानीको महत्व, वर्षातको पानीमा भिज्दा लाग्नसक्ने चिसो, निमोनिया, रुघाखोकी लगायतका रोगबारे बच्नुपर्ने कुरा पनि विद्यार्थीलाई सिकाइएको थियो ।

‘रेनी डे’ मनाउन पाउँदा विद्यार्थीहरु निकै खुसी भएको विद्यालयका सञ्चालक अध्यक्ष सुनेत्र प्रधानांगले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्