जनप्रेमीद्धारा एसईई उत्कृष्ट विद्यार्थीलाई दुई लाख नगद पुरस्कार

भक्तपुर, २४ असार । रमेश गिरी । माध्यमिक शिक्षा अर्थात एसईई परीक्षा २०७५ को नतिजामा जिपिए चार ल्याउने दुई विद्यार्थीलाई रु. २ लाख २ हजार २२२ नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

मध्यपुरथिमि नगरपालिका ३ कौशल्टारस्थित जनप्रेमी माध्यामिक विद्यालयले आफ्नो स्कुलबाट एसईई परीक्षामा चार जिपिए ल्याउने अनुप काफ्ले र कन्चन श्रेष्ठलाई जनही रु. १ लाख १ हजार १११ का दरले नगद पुरस्कार सहित सम्मान गरेको हो ।

विद्यालयका प्रिन्सिपल निलेश आचार्यले यसवर्षको एसईई परीक्षाको नतिजामा एउटै स्कुलबाट छात्र र छात्रा दुबैतर्फ जिपिए चार ल्याएका विद्यार्थीहरुलाई नगद सहितको पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

उहाँले विद्यार्थीहरुमा पढ्न प्रोत्साहन मिलोस र अध्ययनमा प्रतिस्पर्धा होस भन्ने उदेश्यले पुरस्कार दिएको बताउदै उहाँले यस विद्यालयले हरेक वर्ष चार जिपिए ल्याउने आफ्ना विद्यार्थीलाई १ लाख १ हजार १११ का दरले नगद सहित पुरस्कार दिने घोषणा समेत गर्नुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रेम कुटुले विद्यार्थीहरुको पढाईमा मनोबल बढाउन र उच्च शिक्षा अध्ययन गर्न यो पुरस्कारको रकमले थप मद्धत पुग्ने बताउनुभयो ।

कार्यक्रममा जनपे्रमी मावि स्थापनाको पहिलो वर्षमा विद्यालय भर्ना हुने पहिलो विद्यार्थी एवं वडा नं. ३ का वडा अध्यक्ष प्रेम कुटु र २०५२ सालको पहिलो एसएलसी परीक्षामा उत्कृष्ट नम्बर ल्याएर उत्कृष्ट हुने विद्यार्थी एवं मध्यपुरथिमि नगरपालिकाका नगर समिति सदस्य कृष्णहरि आचार्यलाई पनि सम्मान गरिएको छ ।

त्यसअवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल रबि आचार्यले जनप्रेमी मावि कलेजले शिक्षाको गुणस्तरलाई कायम राख्दै हरेक वर्ष उत्कृष्ट नतिजा दिन सफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक