प्रवेश परीक्षाबिनै इन्जिनियरिङ पढ्न विदेश जाँदा धोका

काठमाडौँ, २४ असार । विदेशमा गई इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा नै नदिई पठाउँदा जानेले बारम्बार धोका पाएका छन् । विदेशी कलेजले योग्यताका आधारमा मात्र भर्ना लिने, तर कुरै नबुझी विदेश जाने विद्यार्थीसँग आधारभूत योग्यता नहुने भएका कारण उनीहरुको भविष्य संकटमा पर्ने गरेको छ ।

वार्षिक करिब ६ हजार नेपाली विद्यार्थी हचुवाको भरमा विदेश लगिन्छन्, उनीहरुमध्ये थोरैले मात्र इन्जिनियरिङ अध्ययनको अवसर पाउँछन् । विषेश गरी भारतमा सञ्चालित विश्वविद्यालयले यस्ता विद्यार्थी लैजाने गरेका छन् ।

एमबीबीएस अध्ययन गर्न विदेश जानेका लागि नेपाल मेडिकल काउन्सिलले परीक्षा लिने गरेको छ । मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएका मात्रै विदेशमा एमबीबीएस पढ्न जाने व्यवस्था छ । नेपाल इन्जिनियरिङ काउन्सिल भने मूकदर्शक बनेको सरोकारवालाको आरोप छ ।

कुनै मापदण्ड र परीक्षाबिना नै इन्जिनियरिङ विषयमा अध्ययन गराउन विदेश लगेको विषयमा नेपाल समाचारपत्रसँग कुरा गर्दै नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्ली निरौलाले इन्जिनियरिङ शिक्षासम्बन्धी विधेयक संसद्मा पुगेको र ऐन आएपछि नियम बनाएर परीक्षा लिनैपर्ने व्यवस्था गर्ने उहाँले बताउनुभयो । अध्यक्ष निरौलाले भन्नुभयो– ‘हचुवाको भरमा विदेशमा इन्जिनियरिङ अध्ययन गर्दा समस्या देखिएको छ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ