काठमाडौँ, २३ असार । नेप्से सूचक सोमबार ८.७० अंकले घटेर १२४७.३५ विन्दुमा आएको छ ।
कुल १७१ कम्पनीको ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ लाख १० हजार १५३ कित्ता सेयर कारोबार भएका छन् ।
कुल ११ वटा समूहको सेयर कारोबार भएकामा २ वटा समूहका सूचक बढेका छन् भने बाँकी समूह घटेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक ६४.०८ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक पनि ९.४९ अंकले घटेको छ ।
कारोबार रकममा प्रभु बैंकको संस्थापक सेयर सबैभन्दा अघि छ । यसको ११ करोड ४५ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । खरिदबिक्रीकै आधारमा दोस्रो र तेस्रोमा क्रमशः सिभिल बैंक र साल्ट ट्रेडिङ कर्पोरेसन परेका छन् ।






