काठमाडौँ, २३ असार । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।
आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा तोकेको छ भने कुवेती दिनारको मूल्य भने केही पैसाले बढेको छ । कुवेती दिनार १ को खरिददर ३५९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ४२ पैसा पुगेको छ ।
यस्तै साेमबार अमेरिकी डलर १ को खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २७ पैसा छ । कतारी रियाल १ को खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १४ पैसा छ ।
यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४० पैसा र बिक्रीदर २६ रुपैयाँ ५५ पैसा छ । हराइन दिनार १ को खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९१ रुपैयाँ १९ पैसा रहेको छ ।






