काठमाडौँ, २२ असार । विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियामाथि जित हासिल गरेको छ ।
इंग्ल्याण्डमा जारी शनिबार लिड्समा भएको खेलमा अष्ट्रेलियामाथि दक्षिण अफ्रिकाले १० रनको रोमाञ्चक जित हात पारेको हो ।
यो हारसँगै अष्ट्रेलिया दोस्रो भएको छ र सेमिफाइनलमा घरेलु टोली इंग्ल्याण्ड प्रतिद्वन्द्वी पाएको छ । समूहको शीर्ष स्थानमा रहेको भारतले भने चौथो टोली न्यूजिल्याण्डसँग खेल्नेछ ।





