काठमाडौँ, २२ असार । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकामाथि भारतले सानदार जित हासिल गरेको छ ।
इंग्ल्याण्डमा जारी शनिबार लिड्समा भएको खेलमा भारतले श्रीलंकालाई ७ विकेटले जित हासिल गरेको हो ।
श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले १ सय १३, लहिरु थिरिमानेले ५३, धनन्जय सिल्भाले २९, अभिष्का फर्नान्डोले २० र कप्तान दिमुथ करुणारत्नेले १० रन बनाए । भारतका जस्प्रित बुम्राले ३ तथा भुवनेश्वर कुमार, हार्दिक पान्ड्या, रविन्द्र जडेजा र कुलदीप यादवले समान एक एक विकेट लिए ।





