शोएब मलिकद्वारा क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौँ, २१ असार । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट पाकिस्तानी अलराउण्डर शोएब मलिकले सन्यासको घोषणा गरेका छन् ।

३७ वर्षीय क्रिकेटर मलिकले पाकिस्तानको समूह चरणको अन्तिम खेलसँगै सन्यास लिएका हुन् । घोषणा गर्दै मलिकले भने, ‘मैले पहिला पनि भनेको थिए, यो मेरो विश्वकपपछि ए दिवसीय क्रिकेटबाट सन्यास लिन्छु भनेर, त्यसैले आज मैले यो घोषणा गरेको हुँ, जसले मलाई साथ दिए उनीहरु सबैलाई धन्यवाद ।’

मलिकले १९९९ को अक्टुबरमा वेस्टइण्डिजविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । यसैगरी ३५ टेस्ट म्याचमा ३ शतक र ८ अर्धशतकका साथ १८९८ रन बनाउँदा टी –२० सात अर्धशतक सहित २ हजार २ सय ६३ रन बनाएका छन् । पाकिस्तानका लागि उनले १११ टी–२० खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको