नेपालको सानदार जीत : सिंगापुर पराकिलो अन्तरले पराजित

काठमाडौँ, २० असार । एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई २ सय १७ रनको पराकिलो अन्तरमा हराएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो । प्रतियोगितामा रित गौतम र खडक बहादुर बोहोराले बिष्फोटक ब्याटिङ गरेपछि नेपालले सिंगापुरलाई फराकिलो अन्तरमा पराजित गरेको हो ।

प्रतियोगितामा शतक पुरा गरेका गौतमले अविजित ११५ रन बनाए भने बुढाथोकी शतक बनाउन १० रनले चुके । उनी ९० रनमा आउट भए । कुशल मल्लले पनि अर्धशतक पुरा गर्दै ५१ रन बनाए भने पवन सर्राफले ४५ रन जोडे । कप्तान रोहित पौडेल ७ र विशाल कुमार केसी १ रनमा आउट भए ।

३२७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १०९ रनमा समेटिन बाध्य भयो । नेपालका लागि कुशल मल्लले ४ विकेट लिए भने तिलक राज भण्डारीले २ तथा रसिद खान र सागर ढकालले एकएक विकेट लिए । यसअघि आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको