काठमाडौँ, २० असार । आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६५ हजार रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६५ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





