काठमाडौँ, १९ असार । बिहीबार नेप्से सूचक ८.२७ अंकले घटेर १२६०.४७ विन्दुमा पुगेको छ ।
१७७ कम्पनीको ६७ करोड रुपैयाँभन्दा धेरेको कारोबार भएको छ । ८९ लाख ८५ हजार ३५३ कित्ता सेयर कारोबार भएको छ ।
कारोबार भएका सबै ११ वटै समूहका सूचक घटेका छन् । निर्जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै ६२.४५ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक पनि ६.५९ अंकले ओरालो लागेको छ ।
कारोबार रकममा सिद्धार्थ ओरियन्टेड स्किम सबैभन्दा अघि छ । यसको ५ करोड ५२ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । खरिदबिक्रीमै दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र नेपाल बैंक परेका छन् ।






