काठमाडौँ, १९ असार । सोसल मिडिया एप्स फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप आठ घण्टापछि ठिक भएको छ ।
फेसबुकले भने उक्त समस्या हटिसकेको जानकारी दिएको छ । एप्समा तस्बिर र भिडियो पठाउन समस्या थियो भने यी अपलोड पनि भइरहेका थिएनन् ।
फेसबुक वेबसाइट र एपका न्यूजफिडमा केही तस्बिर लोड हुन सकिरहेका थिएन भने इन्स्टाग्राममा पनि यस्तै समस्या देखिएको थियो ।
We’re aware that some people are having trouble uploading or sending images, videos and other files on our apps. We're sorry for the trouble and are working to get things back to normal as quickly as possible. #facebookdown
— Facebook (@facebook) July 3, 2019