काठमाडौँ, १९ असार । आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ ।
आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६५ हजार रुपैयाँमै कारोबार भइरहेको भने तेजावी सुन प्रतितोला पनि स्थिर रहँदै ६५ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





