काठमाडौँ, १९ असार । महिला विश्वकप फुटबलको फाइनलमा स्वीडेनलाई हराउँदै नेदरल्याण्ड प्रबेश गरेको छ ।
फ्रान्समा जारी बुधबार राति भएको खेलमा स्वीडेनलाई १–० ले हराउँदै नेदरल्याण्ड फाइनल पुगेको हो ।
जितसँगै नेदरल्याण्ड्स पाँचौ पटक महिला विश्वकपको फाईनलमा प्रवेश गरेको छ । स्वीडेनले तेस्रो स्थानको लागि इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ भने नेदरल्याण्डले उपाधिका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।





