एसईई उतिर्णलाई श्रमिक शान्तिको वधाई : श्रमिकमै पढ्नेलाई छात्रवृत्तिको सुविधा

ललितपुर, १८ असार । ललितपुर महानगरक्षेत्रकै उत्कृष्ट सामुदायीक विद्यालयको रुपमा दरिएको वडा नं ९ च्यासलस्थित श्रमिक शान्ति माविबाट २०७५ सालको माद्यमिक शिक्षा परीक्षा एसईई उतिर्ण भएका विद्यार्थीहरुको सम्मानमा विद्यालयले वधाई कार्यक्रमको आयोजना गरेको छ ।

वधाई कार्यक्रममा सो विद्यालयबाट एसईई उतिर्ण विद्यार्थीलाई सोही विद्यालयमा सञ्चालित विभिन्न विषयको ११ कक्षामा भर्ना हुँदा विभिन्न छात्रवृत्ति उपलव्ध गराईने विद्यालयका प्रधानाध्यापक सानुलाल व्यञ्जनकारले बताएका छन् । विद्यालयमा हाल ११ कक्षामा विज्ञान, व्यवस्थापन, शिक्षा र मानवीकि कक्षा सञ्चालन हुँदै आएको छ । ‘यहाँबाट एसईई उतिर्ण गर्ने विद्यार्थीलाई यही विद्यालयमा ११ कक्षामा पढ्दा हामीले विभिन्न सुविधासहित छात्रवृत्ति दिने निर्णय गरेका छौं’-प्रधानाध्यापक व्यञ्जनकारले भने ।

एसईई परीक्षा उतिर्ण विद्यार्थीहरुलाई उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य नन्दकुमार थापा, विद्यालयका प्रधानाध्यापक सानुलाल व्यञ्जनकार, सहायक प्रधानाध्यापक पवन विक्रम कार्की, विद्यालय व्यवस्थापन समितिका सदस्य राजु व्यञ्जनकार, शिक्षिका शान्ति पौडेललगायतले टिका र खादा लगाएर वधाई दिएका थिए ।

सो विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका ९० विद्यार्थीमध्ये आकाश शाह ३ दशमलव ८५ जिपिएका साथ विद्यालयमा सर्वाेत्कृष्ट भएका छन भने राम भण्डारी, निश्चल राज शाक्य र मन्दिप सापकोटाले ए प्लस ल्याएको सहायक प्रधानाध्यापक पवन विक्रम कार्कीले बताए । कार्कीका अनुसार सो परीक्षामा ९ जनाले ए, २६ जनाले बि प्लस, २७ जनाले बि, १७ जनाले सि प्लस र ७ जनाले सि ल्याएर उतिर्ण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर