नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, १७ असार । नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.०२ बिन्दुले बढेर एक हजार २५३.०६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४३ बिन्दुले बढेर २६९.९६ मा पुगेको छ ।

कूल १७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता शेयर रु ४२ करोड ९४ लाख ७७ हजार २८८ मूल्यमा कारोवार भयो । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर भने वृद्धि भएको छ ।

व्यापार २.६२, उत्पादन २.६४ र अन्य उपसमूह ०.८३ बिन्दुले घटेको छ । त्यस्तै बैंकिङ ११.४२, होटल १४.४, विकास बैंक ८.९३, जलविद्युत् ६.६८, वित्त ०.५९, निर्जीवन बीमा १०७.३३, लघुवित्त १३.४४, जीवन बीमा ८७.२२ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले बढेको छ ।

स्टकका अनुसार आज मेघा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ९५ लाख ५० हजार ४९, प्रभु बैंक रु दुई करोड ५४ लाख ३२ हजार २३६, स्ट्याण्र्डड चार्टड बैंक रु दुई करोड ४८ लाख दुई हजार ३४३, नेपाल बैंक रु दुई करोड ४५ लाख ५६ हजार ९२८, सेञ्चुरी बैंक रु एक करोड ९२ लाख ९८ हजार ७३१ र एनआइसी एशिया बैंक रु एक करोड ४३ लाख २७ हजार ६८९ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज स्वरोजगार लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाए । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ९.४९, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ७.०१, सेञ्चुरी बैंक ६.०२, कुमारी बैंक ५.२४ र ङादी पावरका शेयरधनीले ५.१७ प्रतिशतले कमाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते

काठमाडौँ, १९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्  । प्रधानमन्त्री शाहले

काठमाडौँ, १९ कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ

काठमाडौँ, १९ कार्तिक । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन् । ऊर्जा, जलस्रोत तथा