एजेन्सी, १७ असार । एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा चीनमाथि सिंगापुरले सानदार जित हासिल गरेको छ ।
मलेसियामा मंगलबारदेखि सुरु भएको एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सिंगापुरले चीनलाई ८ विकेटले पराजित गरेको हो ।
सिंगापुरका लागि साई हर्ष बेनुगोपालले अविजित १५ रन र विनित चेतेस मेहताले ११ रन बनाए । बलिङतर्फ चीनका टियान सेन कुनले २ विकेट लिए ।





