सेयर बजार ओरालो लाग्यो

काठमाडौँ, १६ असार । सेयर बजार आज सोमबार घटेर नेप्से परिसूचक २.८६ अंकले ओरालो लागेको हो ।

नेप्से परिसूचक घटेर १ हजार सय ४२.०३ अंकमा झरेको छ । दिनभर भएका ५ हजार ९ सय ७१ कारोबारबाट १६९ कम्पनीका १२ लाख २१ हजार ४०० कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३७ करोड ४७ लाख २५ हजार ७४ रुपैयाँमा सिमित भएको छ ।

कारोबारमा नेपाल बैंक पहिलो नम्बरमा २ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो स्थानमा भने प्रभु बैंक देखिएको छ । प्रभु बैंकको १ करोड ९२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा शिवम्, एनआइसी एशिया र हिमालय डिस्टीलरी क्रमशः तेस्रो, चौथो र पाँचौ नम्बरमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते

काठमाडौँ, १९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्  । प्रधानमन्त्री शाहले

काठमाडौँ, १९ कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ

काठमाडौँ, १९ कार्तिक । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन् । ऊर्जा, जलस्रोत तथा