काठमाडौँ, १६ असार । जनता बैंक नेपाल लिमिटेडले एकैसाथ ६ साखाहरु थप सञ्चालनमा ल्याएको छ ।
आजबाट काठमाडौँ उपत्यका ३ र उपत्यका बाहिरका अन्य बजारमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरे कारोबार सुभारम्भ गरेको छ ।
नयाँठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं साथै उपत्यका बाहिरमा फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा बिस्तार गरिएको हो ।
मुलुकको ग्रामिणतह सम्म बैकिङ्ग पहुँच पुर्याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले थप छ शाखा विस्तारल गरिएको बिज्ञप्तिमा जनाइएको छ ।






