शर्मा परिवारको सहयोगमा पढेका धादिङ्गका चार विद्यार्थी एसईई उतिर्ण

११ र १२ पढ्न समेत सहयोग गर्ने वचनवद्धता

काठमाडौं, १६ असार । बलराम प्यासी । पढाई खर्च, विद्यालय पोशाक, पाठ्यपुस्तक र शैक्षिक सामग्रीको अभावमा पढाई छाडेतापनि दाताको सहयोगमा फेरी पढाई शुरु गरेका धादिङ्गको दामेचौरस्थित आदर्श माविका चारजना विद्यार्थी २०७५ को माद्यमिक शिक्षा परीक्षा (एसईई) मा उतिर्ण भएका छन् ।

तीन छात्रा सरस्वती तामाङ्ग, सुजाता गोले र राधा तामाङ्ग र छात्र नवीन वाइवाले सो परीक्षामा जिपिए २ दशमलव ९० अंकसम्म अर्थात ‘बि प्लस’ र ‘बि’ ल्याएर एसइइ परीक्षा उतिर्ण गरेको विद्यालयले जनाएको छ ।

आर्थिक अभावका कारण पढाई छोडेका ती चार विद्यार्थीको साथै अन्य २१ समेत गरी २५ जना विद्यार्थीको पठनपाठनको लागि बालकोट, भक्तपुर निवासी शिक्षासेवी किरण कुमार शर्मा र उनको परिवारले तीनवर्ष अघिदेखि निरन्तर आर्थिक र शैक्षिक सहयोग गर्दै आएको छ ।
आफुहरुको सानो सहयोगले पढाई छोडिसकेका विद्यार्थीलाई पुनः विद्यालय भर्ना गराउन सफल भएकोमा शिक्षासेवी शर्मा परिवार खुसी त छँदैथियो त्यसमा पनि ती चारैजना विद्यार्थीले एसइइ परीक्षामा राम्रो अंकका साथ उतिर्ण भएकोमा झन बढी खुसी देखिएका छन् ।

‘हामीले गरेको सानो सहयोग सही ठाउँमा परेछ’ दाता शर्माले खुसी व्यक्त गर्दै भने-‘शिक्षक, विद्यालय परिवार, अभिभावक र सहयोगी सबैले आआफ्नो ठाउँबाट गरेको सहयोग र विद्यार्थीहरुको अथक मिहेनतले नै यो नतिजा प्राप्त भएको हो ।’ दाता किरण शर्माले एसइइ उतिर्ण ती चारैजना विद्यार्थीलाई कक्षा ११ र १२ मा पढ्नको लागि आवश्यक आर्थिक सहयोग जुटाइदिने वचन पनि दिएका छन् । उतिर्ण विद्यार्थीलाई ११ र १२ पढ्न गजुरी या खानीखोलासम्म पुग्नुपर्ने वाध्यता छ ।

पुर्व प्राथमिक तहदेखि मावि तहसम्म ३६२ विद्यार्थी अध्ययनरत सो विद्यालयमा प्रावितर्फ ३, निमावि तहमा ३ र मावि तहमा स्थायी र एकजना अस्थायी शिक्षकले मात्रै विद्यार्थी पढाउँदै आएका सो विद्यालयबाट एसइइ दिएका ती चारजना विद्यार्थीको लागि शर्मा परिवारले एसइइ परीक्षाको अगाडी चार महिना ट्युशन पढ्न समेत थप आर्थिक सहयोग गरेको थियो ।

दामेचौरका २५ विद्यार्थीलाई आवश्यक पर्ने मासिक शैक्षिक खर्च, शैक्षिक सामग्री र विद्यालय पोशाक उपलव्ध गराउने परिवारका सदस्यको साथै छोरी, सत्यभामा शर्मा पौडेल, रामप्रसाद ढुंगाना, लक्ष्मी ढुंगाना, प्रेम कठायत र विमला कठायत लगायतका स्वदेशी र विदेशी दातालाई शिक्षासेवी शर्माले धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर