दोहोरो अङ्कले घट्यो शेयर बजार

काठमाडौँ, १५ असार । आइतबार शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्ले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर एक हजार २४४ दशकलव ८९ बिन्दुमा झरेको छ । प्रतिशतका आधारमा नेप्से झण्डै एक प्रतिशतले घटेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९२ बिन्दुले घटेर २६९ दशमलव २४ अङ्कमा पुगेको छ ।  कूल १७२ कम्पनीको २३ लाख ६१ हजार ५०० कित्ता शेयर रु ६४ करोड ५० लाख ९९ हजार ३७ मूल्यमा खरीद बिक्री भए ।

 उपसमूह शेयर ५९ दशमलव ९७ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ११ दशमलव ८५, होटल ५ दशमलव २६, विकास बैंक १२ दशमलव ६९, जलविद्युत् १३ दशमलव १३, वित्त २ दशमलव ९, उतपादन ३६ दशमलव ३८, अन्य ३ दशमलव ३९, लघुवित्त १५ दशमलव ३९, जीवन बीमा ५८ दशमलव २९ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य तीन प्रतिशतले घटेको छ ।

स्टकका अनुसार ग्लोबल आइएमइ बैंकको संस्थापक शेयर रु १० करोड ३८ लाख, नेपाल बैंक रु ६ करोड ३९ लाख पाँच हजार ९४४, शिवम सिमेन्ट रु पाँच करोड ८० लाख ७१ हजार ४५५, प्रभु बैंक रु तीन करोड ४१ लाख १३ हजार ५२०, एनसिसि बैंक रु तीन करोड २५ लाख ७५ हजार ५९४, सिदार्थ बैंक रु दुई करोड ६६ लाख ७४ हजार ७०८ र हिमालयन डिस्टिलरीको शेयर रु दुई करोड ६० लाख चार हजार ७३० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते

काठमाडौँ, १९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्  । प्रधानमन्त्री शाहले

काठमाडौँ, १९ कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ

काठमाडौँ, १९ कार्तिक । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन् । ऊर्जा, जलस्रोत तथा