विनायक स्कुलले ४ जिपिए ल्याउने छात्रालाई एकलाख रुपैयाँ दिने

भक्तपुर, १५ असार । विनायक शिक्षा निकेतन सेकेण्डरी स्कुल मध्यपुर थिमीले २०७५ को एसईई परीक्षामा ४ जिपिए ल्याएर उत्कृष्ट भएकी सो विद्यालयकी मेधावी छात्रा रोजा श्रेष्ठलाई एकलाख रुपैयाँसहित ‘विनायक एसइइ उत्कृष्ट शैक्षिक पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ ।

२०७५ सालको एसइइ परीक्षामा सहभागी विनायक शिक्षा निकेतनका ७३ विद्यार्थीमध्ये सर्वाेत्कृष्ट भई ४ जिपिए ल्याएर विद्यालय, मध्यपुर थिमी र भक्तपुर जिल्लाकै नाम उँचो राख्न सफल भएकोले उनलाई विद्यालयले एक लाख रुपैयाँसहित पुरस्कृत गर्न लागिएको विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले बताए ।

सोही विद्यालयकी छात्रा सिल्भिया बज्राचार्य २०६४ सालको एसएलसी परीक्षामा ९३ दशमलव ६३ अंकका साथ नेपालभरीमै सर्वाेत्कृष्ट भएकी थिइन । २०७५ सालको एसइइ परीक्षामा सहभागी भएका विनायक स्कुलका विद्यार्थीमध्ये रोजाले जिपिए ४ का साथै दुईजनाले ३ दशमलव ९५ जिपिए, तीनजनाले ३ दशमलव ९० जिपिए सहित २७ जनाले ए प्लस, ४२ जनाले ए, ३ जनाले बि प्लस र एकजनाले बि ल्याई एसइइ उतिर्ण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने भएका छन् । छठ पर्वको भोलिपल्ट

काठमाडाैँ, ४ असोज । नेपालका नागरिक समाज, ट्रेड युनियन तथा जलवायु अभियन्ताहरूले जलवायुजन्य विपत्तिबाट भएको क्षतिको क्षतिपूर्ति, ऋण नथपिने गरी जलवायु