कोपा अमेरिका : उरुग्वे क्वाटर फाइनलबाटै बाहिरियो

एजेन्सी, १५ असार । उरुग्वे कोपा अमेरिकाको क्वाटर फाइनलबाटै बाहिरिएको छ ।

नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा पेरुले उरुग्वेलाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै गरेको हो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

यो जितसँगै पेरु प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अब सेमिफाइनलको खेलमा पेरूले साविक विजेता चिलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि ब्राजिल र अर्जेन्टिना पनि प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । नेपाली समय अनुसार असार १८, बुधबार विहान ६स्१५ मा ब्राजिल र अर्जेन्टिना भिड्दैछन् भने बिहिबार विहान ६स् १५ मा पेरू र चिली भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको