काठमाडौँ, १४ असार । आज शनिबार सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलामा ३ रुपैयाँले बढेर ६५ हजार ३ रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन ६४ हजार ७ सय ६ रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी भने स्थिर रह्दै प्रतितोला ७ सय ३४ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





