काठमाडौँ, १३ असार । नेपाल राष्ट्र बैंकले टेण्डर आह्वान गरेको छ ।
एक हजार रुपैयाँ दरका ३१ करोड थान नोट छाप्नको लागि बैंकले अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रिया अनुसार नोटको डिजाइन, छपाइ तथा बिक्री बितरणका लागि सो टेण्डर आह्वान गरेको हो ।
इच्छुक तथा योग्य मुद्रकहरुले नेपाल राष्ट्र बैंकको बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभागमा आउँदो साउन २६ गते दिनको १२ बजे अगाडि बुझाइसक्नु पर्नेछ ।





