एसईई : यसपालि झनै खस्किए सामुदायिक विद्यालय

काठमाडौँ, १३ असार । २०७५ सालको एसईईको नतिजा बिहीबार सार्वजनिक गरिएको छ। गत चैतमा सञ्चालित परीक्षामा चार लाख ५९ हजार दुई सय ७५ विद्यार्थी सहभागी थिए । तीमध्ये तीन लाख २५ हजार तीन सय ३० (७०.८४ प्रतिशत) सामुदायिक र एक लाख ३३ हजार नौ सय ४५ (२९.१६ प्रतिशत) निजी विद्यालयका छन् ।

नतिजाअनुसार १७ हजार पाँच सय ८० विद्यार्थीले ए प्लस ग्रेड अंक ल्याएका छन् । तीमध्ये सामुदायिक विद्यालयका दुई हजार सात सय ९२ परीक्षार्थीले ए प्लस ल्याएका छन् । जुन १५.८८ प्रतिशत मात्रै हो । निजी विद्यालयका ८४.१२ प्रतिशत अर्थात् १४ हजार सात सय ८८ जना परीक्षार्थीले ए प्लस ल्याएका छन् ।

त्यस्तै ए ग्रेड ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी पनि संस्थागत एवं निजी विद्यालयको तुलनामा न्यून छन् । कुल ५१ हजार एक सय ३७ ए ग्रेड ल्याउने परीक्षार्थीमध्ये सामुदायिक विद्यालयका ११ हजार दुई सय २३ अर्थात् २१.९४ प्रतिशत छ । जुन ए प्लस ग्रेडभन्दा ६ प्रतिशत बढी हो । निजी एवं संस्थागत विद्यालयका ७८.०६ प्रतिशत अर्थात् ३९ हजार नौ सय १४ जना परीक्षार्थीले ए ग्रेड ल्याएका छन् ।

बी प्लस ग्रेड ल्याउने परीक्षार्थीतर्फ पनि सामुदायिकलाई निजीले उछिनेको छ। कुल ६३ हजार सात सय ४१ परीक्षार्थीको बी प्लस छ। सामुदायिकका ४१.३६ प्रतिशत अर्थात् २६ हजार तीन सय ६६ परीक्षार्थीले बी प्लस ल्याएका छन् । निजी विद्यालयका ५८.६४ प्रतिशत अर्थात् ३७ हजार तीन सय ७५ जनाले बी प्लस ग्रेड ल्याए। याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर