एसईई : यसपालि झनै खस्किए सामुदायिक विद्यालय

काठमाडौँ, १३ असार । २०७५ सालको एसईईको नतिजा बिहीबार सार्वजनिक गरिएको छ। गत चैतमा सञ्चालित परीक्षामा चार लाख ५९ हजार दुई सय ७५ विद्यार्थी सहभागी थिए । तीमध्ये तीन लाख २५ हजार तीन सय ३० (७०.८४ प्रतिशत) सामुदायिक र एक लाख ३३ हजार नौ सय ४५ (२९.१६ प्रतिशत) निजी विद्यालयका छन् ।

नतिजाअनुसार १७ हजार पाँच सय ८० विद्यार्थीले ए प्लस ग्रेड अंक ल्याएका छन् । तीमध्ये सामुदायिक विद्यालयका दुई हजार सात सय ९२ परीक्षार्थीले ए प्लस ल्याएका छन् । जुन १५.८८ प्रतिशत मात्रै हो । निजी विद्यालयका ८४.१२ प्रतिशत अर्थात् १४ हजार सात सय ८८ जना परीक्षार्थीले ए प्लस ल्याएका छन् ।

त्यस्तै ए ग्रेड ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी पनि संस्थागत एवं निजी विद्यालयको तुलनामा न्यून छन् । कुल ५१ हजार एक सय ३७ ए ग्रेड ल्याउने परीक्षार्थीमध्ये सामुदायिक विद्यालयका ११ हजार दुई सय २३ अर्थात् २१.९४ प्रतिशत छ । जुन ए प्लस ग्रेडभन्दा ६ प्रतिशत बढी हो । निजी एवं संस्थागत विद्यालयका ७८.०६ प्रतिशत अर्थात् ३९ हजार नौ सय १४ जना परीक्षार्थीले ए ग्रेड ल्याएका छन् ।

बी प्लस ग्रेड ल्याउने परीक्षार्थीतर्फ पनि सामुदायिकलाई निजीले उछिनेको छ। कुल ६३ हजार सात सय ४१ परीक्षार्थीको बी प्लस छ। सामुदायिकका ४१.३६ प्रतिशत अर्थात् २६ हजार तीन सय ६६ परीक्षार्थीले बी प्लस ल्याएका छन् । निजी विद्यालयका ५८.६४ प्रतिशत अर्थात् ३७ हजार तीन सय ७५ जनाले बी प्लस ग्रेड ल्याए। याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्