एसइइ नतिजा सार्वजनिक (Link सहित)

काठमाडौँ, १२ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।

बोर्डले चारलाख ५९हजार २ सय ७५ जनको नतिजा सार्वजनिक गरेको हो । त्यसमध्ये  जिपिए ३.६ देखि ४ जिपिए ल्याउने  सामुदायिक विद्यालय तर्फ २ हजार ७ सय ९२ र निजीतर्फ १४ हजार ७ सय ८८ रहेका छन् ।

३.२ देखि ३.६ जिपिए ल्याउने सामुदायिक विद्यालयका ११ हजार २ सय २३ र नीजिका ३९ हजार ९ सय १४ रहेका छन् । त्यसैगरी २.८ देखि ३.२ जिपिए ल्याउनेमा सामु्दायिकका २६ हजार ३ सय ६६ र नीजिका ३७ हजार ३ सय ७५ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

जिपिए २.४ देखि २.८ ल्याउनेमा सामुदायिकका ५३ हजार ७ सय ३० र नीजिका २२ हजार ८ सय ३४ विद्यार्थी रहेका छन् ।  त्यसैगरी २ देखि २.४ जिपिए ल्याउनेमा सामुदायिकका ८७ हजार ७ सय ४२ र नीजिका निजी १० हजार ७ सय ६५ छन् ।

१.६ देखि २ जिपिए ल्याउने सामुदायि विद्यालयका विद्यार्थी ९० हजार ४ सय ४५ र नीजिका ४ हजार ८ सय ६२ रहेको बोर्डले जनाएको छ ।

परीक्षाकाे नतिजा www.moest.gov.npwww.doe.gov.np,  www.see.gov.npwww.neb.gov.npwww.see.ntc.net.np मा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने भएका छन् । छठ पर्वको भोलिपल्ट

काठमाडाैँ, ४ असोज । नेपालका नागरिक समाज, ट्रेड युनियन तथा जलवायु अभियन्ताहरूले जलवायुजन्य विपत्तिबाट भएको क्षतिको क्षतिपूर्ति, ऋण नथपिने गरी जलवायु