ललितपुर १२ असार । महालक्ष्मी नगरको विद्यालय स्तरीय ‘प्रथम रास्ट्रपति रनिङ्ग शिल्ड-२०७६’ पवन प्रकति इंगलिस सेकेण्डरी स्कुल इमाडोलले जितेको छ ।
महालक्ष्मी नगरपालिकाद्वारा नगरक्षेत्र भित्र रहेका विभिन्न ३९ वटा विद्यालयबीच प्रतिष्पर्धा गराई सो प्रतियोगिता आयोजना गरिएको थियो ।

छात्र तथा छात्रातर्फ एथलेटिक्स अन्तर्गत, एकसय, ८सय, १५सय र तीनहजार मिटर दुरीको दौड प्रतियोगिता, शटपुट, लंगजम्प, भलिबल लगायतका प्रतियोगितामा पवन प्रकृति स्कुलले ४ स्वर्ण, ४ रजत र ३ काँस्य गरि ११ पदक जितेर सर्वप्रथम भएको थियो ।

पवन प्रकति स्कुलले महालक्ष्मी नगरस्तरीय प्रथम रास्ट्रपति रनिङ्ग शिल्ड पहिलोपल्ट र ललितपुर जिल्लास्तरीय चारपटक जितिसकेको सो विद्यालयको अतिरिक्त कृयाकलाप संयाजक भुवन घिमिरेले बताए ।

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले विजयी पवन प्रकृति स्कुललाई रनिङ्ग शिल्ड तथा विद्यार्थीलाई पदक र प्रमणपत्र वितरण गरेका थिए भने पवन प्रकृति स्कुलका संस्थापक प्रिन्सिपल उत्तरकुमार राई, अतिरिक्त कृयाकलाप संयोजक भुवन घिमीरेले शिल्ड ग्रहण गरेका थिए ।

महालक्ष्मी नगरभित्रका उनान्चालिस विद्यालयका ७ सय २३ प्रतिस्पर्धी विद्यार्थीको वीचमा पवन प्रकृतिका छिरीङ्ग लामा एथलेटिक्सतर्फ बेस्ट प्लेयर बनेर पदक जितेको विद्यालयका सहायक प्रिन्सिपल विष्णुभक्त राईले बताए ।







