काठमाडौँ, ११ असार । आज नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ विन्दुमा झरेको छ ।
यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २७०.८१ मा पुगेको छ ।कूल १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर रु ५७ करोड एक लाख २३ हजार ४८१ मूल्यमा खरीद बिक्री भएको छ ।
स्टकका अनुसार कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ४२ लाख ७३ हजार ४३०, नेपाल बैंक लिमिटेड रु चार करोड १९ लाख ७४ हजार ८६६, प्रभु बैंक रु दुई करोड ७१ लाख ५२ हजार ६७४, आइएमइ जनरल इन्सयोरेन्स लिमिटेडको संस्थापक शेयर रु दुई करोड ४१ लाख पाँच हजार ६०० र प्रिमियर इन्स्योरेन्स कम्पनीको रु एक करोड ४४ लाख ४९ हजार ७२४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ९.९५, आइएमइ जनरल इन्स्योरेन्स ६.९५, पाँचथर पावर कम्पनी ६.४७, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ४.७५ र अरुण काबेली पावर कम्पनीका शेयरधनीले ४.४० प्रतिशतले कमाएको छ ।






