प्रधानमन्त्री महिला क्रिकेटमा उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्दै

कञ्चनपुर, ११ असार । प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब आज फाइनलमा भिड्दै छ ।

कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगितामा मंगलबार पहिलो सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि सुदूरपश्चिमले प्रदेश नं २ सित अङ्क बाँडेर फाइनल प्रवेश गरेको हो ।

आज हुने फाइनल खेलमा दोस्रो सेमिफाइनल खेलमा एपीएफ प्रदेश नं १ लाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । वर्षाका कारण पाँच ओभरमा सीमित पारिएको खेलमा एपीएफ चार रनले विजयी भयो ।

महाकाली स्पोर्टस् सोसाइटीका अनुसार समापन समारोहमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरलगायतको उपस्थिति रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने