प्रधानमन्त्री महिला क्रिकेटमा उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्दै

कञ्चनपुर, ११ असार । प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब आज फाइनलमा भिड्दै छ ।

कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगितामा मंगलबार पहिलो सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि सुदूरपश्चिमले प्रदेश नं २ सित अङ्क बाँडेर फाइनल प्रवेश गरेको हो ।

आज हुने फाइनल खेलमा दोस्रो सेमिफाइनल खेलमा एपीएफ प्रदेश नं १ लाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । वर्षाका कारण पाँच ओभरमा सीमित पारिएको खेलमा एपीएफ चार रनले विजयी भयो ।

महाकाली स्पोर्टस् सोसाइटीका अनुसार समापन समारोहमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरलगायतको उपस्थिति रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको