काठमाडौँ, ९ असार । इङ्ल्यान्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तानले दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको हो । लर्डस क्रिकेट मैदानमा पाकिस्तानले दिएको ३०९ रनको विशाल लक्ष्य पछएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र २५९ रन बनायो ।
यो जितसँगै पाकिस्तान ६ खेलबाट ५ अंकसहित अंकतालिकाको सातौँ स्थानमा उक्लिएको छ भने पराजित दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ ।





